भेरी अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

नेपालगञ्ज, , २२ मंसिर । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहनु भएका बर्दियाका एक जना संक्रमितको थप मृत्यु भएको छ । मधुवन नगरपालिका–७ बर्दियाका ४० वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

ती पुरुषलाई मङ्सिर ४ गते भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उहाँलाई होम आइसोलेसनमा राखिएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि मंगलवार मात्रै भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएकोमा गए राती उहाँको मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए । 

यो सँगै उपचारका लागि बाहिरी जिल्लाबाट बाँके अस्पताल आएकाको मृत्यु हुनेको संख्या ४३५ पुगेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

Last modified on 2021-12-08 14:02:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts