कञ्चनपुरमा शिक्षक र विद्यार्थीमा कोभिड पुष्टि, विद्यालय बन्द



Download our app to get more features

धनगढी,२२ मंसिर । कञ्चनपुरमा शिक्षक र विद्यार्थीमा कोभिड पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाको कृष्ण आधारभूत विद्यालय सोमबारदेखि बन्द गरिएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार विद्यालयका २ शिक्षकसँगै ५ कक्षामा अध्ययनरत ११ वर्षीय छात्र र उनकी आमामा संक्रमण पुष्टि भएको हो । उनीहरू सबैमा आइतबार एन्टिजेन परीक्षणबाट संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए ।

दोस्रो लहरको कोभिड संक्रमण कम भएपछि विद्यालयहरूमा भौतिक उपस्थितिमै पढाइ हुँदै आएको थियो ।

Last modified on 2021-12-08 11:23:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts