काँग्रसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा लड्ने डा.झाको घोषणा, उम्मेदवारी किन ?



Download our app to get more features

काठमाडौं, २२ मंसिर । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्व सदस्य सचिव डा.अञ्जनी कुमार झाले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष समेत रहेका डा.झाले काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका हुन् ।

क्यान्सर रोग विशेषज्ञसमेत रहेका डा. झाले २१ औं शताब्दीमा प्राविधिक क्षेत्रको विकास र एजेन्डा विस्तारका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।

उनले राजनीतिक दलको माध्यमबाट चिकित्सा क्षेत्रको विकास र सबैको सहज पहुँचका लागि आफ्नो उम्मेदवारी हुने पनि प्रष्ट पारे ।

उनले भने, ‘नेपाली काँग्रेस सबैभन्दा पूरानो दल भएको र प्रजातन्त्र तथा लोकतान्त्रिक पद्धतिबाट नागरिकको हक अधिकारका लागि लड्दै आएको छ । म पनि लोकतान्त्रिक पद्धतिमा विश्वास राख्ने व्यक्ति भएकाले काँग्रेसमा खुलेरै आउन चाहेको हुँ ।’  

काँग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि काँग्रेसले बनाउने नीति र रणनीतिमा चिकित्सा क्षेत्रको विकासका लागि आफूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै डा.झाले मुलुकको नेतृत्तुवकर्ता दलको माध्यमबाट चिकित्सा अध्ययनलाई सबैको पहुँचमा पुर्याउने बताए ।

चिकित्सा क्षेत्रमा बढी भन्दा बढी विद्यार्थीले पढ्न पाओस्, देशमा बढी भन्दा बढी मेडिकल कलेज स्थापना होस्, सबैले संविधानमा भएको व्यवस्था अनुसार सबै नागरिकले सहज स्वास्थ्य सेवा पाउन् भनेर आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।

देशमा चिकित्सा क्षेत्रको अवस्था, आवश्यकता र प्राविधिक क्षेत्रको बारेमा राजनीतिक पार्टीलाई अवगत गराउन पनि आफ्नो उम्मेदवारी हुने डा.झाले प्रष्ट पारे ।

Last modified on 2021-12-08 14:22:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts