ओमिक्रोन भेरियन्ट : नेपालमा उच्च सतर्कताको खाँचो

What's This?


Download our app to get more features

काठमाडौं, २१ मंसिर । दक्षिण  अफ्रिका  भएर  फैलिएको  कोरोना  भाइरसको  नयाँ  भेरियन्ट  ओमिक्रोन  नेपालमा  पनि देखिएको  छ  ।  

स्वास्थ्य  मन्त्रालयले  सोमबार  पत्रकार  सम्मेलन  गरी  दिएको  जानकारी  अनुसार  विदेशबाट आएको एक नागरिकबाट नयाँ भेरियन्ट भित्रिएको  हो ।  ती  विदेशी  नागरिकको  सम्पर्कमा  रहेका  अर्का  नेपाली  नागरिकलाई  पनि  संक्रमण  देखिएको छ । 

दक्षिण अफ्रिकामा पहिलो पटक पुष्टि भएको  नयाँ  भेरियन्टको  संक्रमण  छिमेकी  भारतमा  शुक्रबार देखिएको थियो । समाचार एजेन्सीहरुका अनुसार भारतमा नयाँ भेरियन्टको भाइरस सोमबार चार  गुणाले  बढेको  छ । तेस्रो  मुलुकबाट  आएका  नागरिकसँगै नयाँ भेरियन्टको संक्रमण देखिएकाले नेपालमा  उच्च  सतर्कताको  खाँचो  देखिएको  छ ।  सरकारले दक्षिण अफ्रिका सहित ९ देशबाट नेपाल प्रवेशमा रोक लगाइसकेको छ । 

अफ्रिकी  मुलुकहरुबाट  प्रवेश  रोक  लगाए  पनि नेपालमा संक्रमण देखिएकाले थप परीक्षणको आवश्यकता समेत बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार,  ती  संकास्पद  व्यक्तिको  सम्पर्कमा  रहेका  ६६ जनामा  परीक्षण  गरिएको  छ । त्यसमध्ये  दुई  जनामा  ओमिक्रोनको  संक्रमण  देखिएको  हो  । 

संक्रमण पुष्टि भइसकेकाले थप परीक्षण बढाउनुसँगै सरकारले  सतर्कताका  अन्य  विकल्प  रोज्न  ढिलाइ  गर्न  हुन्न  ।  विशेषगरी  दक्षिण  छिमेक  भारतमा  संक्रमण दर बढी भएकाले स्थलगत सीमामा समेत आवश्यक  प्रबन्ध  गर्न  जरुरी  छ । 

खुला  सिमाना  रहेको  र  आवात–जावात  समेत  बढी  हुने  भएकाले  आवश्यक व्यवस्था गर्न ढिलाइ गर्न हुन्न । पहिलो र दोस्रो लहरको संक्रमणबाट पाठ सिकेर पनि सरकार र सरोकारवालाहरुको ध्यान यसतर्फ जान जरुरी छ । पहिलो लहरको संक्रमणमा सरकारले आवश्यक सतर्कता अपनाउन भन्दा पनि बढी त्रसित बातावरण थियो । 

त्यसैले संक्रमण रोक्न अपनाइएको देशब्यापी लकडाउनले  रोकथाम  प्रभावकारी  हुन  सकेन  भने  मुलुकले आर्थिक तथा मानवीय क्षति बेहोर्नु पर्‍यो । दोस्रो लहरको संक्रमणबाट नागरिकको जीवन रक्षा गर्न पर्याप्त समय सरकारसँग थियो । 

तर संक्रमणको खतरा  नटरेको  र  खोपको  विकास  भइनसकेको  अवस्थामा  सरकारले  रोकथामको  आवश्यक  प्रबन्ध  गर्न सकेन । बरु राजनीतिक अस्थिरतका कारणले कोरोना संक्रमणलाई थप बढाउने कार्यमा दलहरु सक्रिय बने । 

अहिले पनि दलहरुले एकअर्काबीच शक्ति  प्रदर्शन  सहित  महाधिवेशनमा  व्यस्त  छन्  ।  दलहरुको  राजनीतिक  जीवनमा  यस्ता  गतिविधि  स्वभाविक  हुन्,  तर  त्यो  भन्दा  पनि  नागरिकको  जीवनरक्षालाई प्राथमिकतामा राख्न आवश्यक छ ।

Last modified on 2021-12-08 12:01:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts