देशभर ११ हजार ८ सय १० कोरोना परीक्षण गर्दा  ३ सय १५ संक्रमित थपिए 



Download our app to get more features

काठमाडौं,२१ मंसिर । नेपालमा कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४५ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा 
११ हजार ८ सय १० कोरोना परीक्षण गरिएको छ । जसमा ९ हजार ३ सय ८६ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ७२ जना र २ हजार ४ सय २४ एन्टीजेन परीक्षण गर्दा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख २३ हजार १ सय १० र एन्टीजेन विधिबाट ९५ हजार ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ३ सय ४ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ५ हजार २ सय ५ पुगेको छ । 

त्यसैगरी गत २४ घन्टामा देशभर १ लाख २७ हजार ७ सय ५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Last modified on 2021-12-08 12:00:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts