मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाइने,हिमाली जिल्ला पहिलो प्राथमिकतामा 



Download our app to get more features

काठमाडौं,२१ मंसिर । सरकारले कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउने भएको छ । 

परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख सागर दाहालका अनुसार मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउने तयारी गरिएको हो । 

दाहालले भने,'हिमाली क्षेत्रका १५ जिल्लाहरु अहिले हाम्रो प्राथमिकतामा छन्,तर हिमालमा अहिले खोप लगाउन सक्ने अवस्था छ कि छैन् भन्ने बिषयमा हामी छलफल गर्ने छौ।' 

उनले खोप सल्लाहकार समितिको बैठकबाट मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने निर्णय भएको जानकारी दिँदै मोडर्ना खोप एक महिनाभित्र लगाउँदा माइनस दुईदेखि आठ डिग्रीसम्ममा पनि लगाउँदा हुने भएकाले हाललाई हिमाली क्षेत्रका बालबालिकालाई दिन लागिएको बताए ।

मोडर्ना खोप भण्डारण गर्दा भने माइनस २५ डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ । नेपालले कोभ्याक्स सुविधामार्फत एक लाख ८८ हजार मात्रा मोडर्ना खोप पाएको थियो ।
 

Last modified on 2021-12-07 15:50:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts