इटहरी अस्पताललाई चिकित्सा सामग्री सहयोग



Download our app to get more features

इटहरी,२१ मंसिर । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरसबाट विश्वमा यतिबेला त्रास उत्पन्न भइरहेको बेला नेपालमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । 

कोरोना भाइरसको जोखिम न्यूनीकरण र उपचारमा खटिने चिकित्सकहरूलाई सहज होस् भन्ने उदेश्यले सुनसरीको इटहरीमा सोमबार चिकित्सा सामग्री हस्तान्तरण गरिएको छ । 

शैक्षिक गतिविधिसँगै सामाजिक क्षेत्रमा कृृयाशिल इटहरीस्थित स्किल क्याम्पसको सहजिकरणमा चीनको हाइनान प्रान्त अन्तर्गत ‘हाइनान कलेज अफ भोकेशन एण्ड टेक्निक’ले पठाएको चिकित्सा सामग्री हस्तानतरण गरिएको हो । 

कोभिड–१९ को संक्रमणपछि पुनः देखा परेको तेस्रो चरणको भाइरस ओमिक्रोनलाई फैलन नदिन र इटहरीको ग्रामीण भेगका जनताहरूलाई पनि स्वास्थ्यको पहुँच प्रदान गर्ने उदेश्यले अस्पतालमा खटिने चिकित्सकहरूलाइ चिकित्सा सामग्री प्रदान गरिएको स्किल क्याम्पसका अप्रेसन डाइरेक्टर प्रज्वल पराजुलीले बताए । 

चीनको हाइनान प्रान्त अन्तर्गत ‘हाइनान कलेज अफ भोकेशन एण्ड टेक्निक’मा अध्ययनरत समुहसँग स्किल क्याम्पसले इटहरीका लागि स्वास्थ्य सामग्रीको पहल गरेपछि उक्त कलेजले सहयोग स्वरुप चिकित्सा सामग्री पठाएको क्याम्पसका अप्रेसन डाइरेक्टर पराजुलीले बताए । 

हाइनानबाट चिकित्सकहरूलाई उपचार पद्धतिमा सहज प्रदान गर्न २५ थान अक्समिटर, डिजिटल थर्ममिटर ६० थान, फस्ट एड बक्स ६० थान लगायतका चिकित्सा सामग्री प्रदान गरिएको थियो । उक्त सामग्रीहरू इटहरी अस्पतालको भवनमा उपमहानगरकी उपमेयर लक्ष्मी गौतमलाई हस्तानतरण गरिएको थियो । 

सामग्री लिँदै उपप्रमुख गौतमले स्वास्थ्य क्षेत्रमा चिकित्सकहरूलाई कतिपय स्थानमा यी सामग्रीहरू आवश्यक परिरहेको बेला स्किल क्याम्पसको पहलमा चिनको ‘हाइनान कलेज अफ भोकेशन एण्ड टेक्निक’ले समयमै उपलब्ध गराएको प्रति धन्यवाद ज्ञापन गरेकी थिइन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts