गत २४ घन्टामा १ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप,थप २ जनाको मृत्यु 



Download our app to get more features

काठमाडौं,२० मंसिर । नेपालमा कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४३ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ८ हजार ६ सय १७ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार १ सय १४ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ३८ जना र १ हजार ५ सय ३ एन्टीजेन परीक्षण गर्दा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख २२ हजार ८ सय ३० र एन्टीजेन विधिबाट ९५ हजार ६ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ३ सय ५७ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४ हजार ९ सय १ पुगेको छ । 

त्यसैगरी गत २४ घन्टामा देशभर १ लाख ६ हजार ६ सय १० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Last modified on 2021-12-07 08:48:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts