तारकेश्वरको कुञ्चिप्वाकलमा स्वास्थ्य मन्त्री खतिवडाद्धारा स्वास्थ्य चौकी भवनको उद्घाटन
काठमाडौं, १९ मंसिर । काठमाडौंको तारकेश्वर नगरपालिका वडा न १ स्थित कुञ्चिप्वाकलमा नवनिर्मित स्वास्थ्य चौकी भवनको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले उदघाटन तथा हस्तान्तरण गरेका छन् ।
उक्त स्वास्थ्य चौकी भवन बुलन्द आवाज अभियानको राजन नेपालको आव्हानमा निर्माण भएको हो । उक्त भवन निर्माणमा ६९ लाख ३२ हजार ६ सय २३ लागत खर्च भएको छ । भवन निर्माणमा तारकेश्वर नगरपालिकाद्धारा करिब पैँतिस लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत शिव लम्सालले जानकारी दिए।
उदघाटन कार्यक्रममा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खतिवडाले नेपालमा १६ हजार ठाउँमा कोभिड विरुद्धको खोप केन्द्र राखेर सबैलाई खोप लगाउन लागिरहेको बताएका छन् । कोभिड १९ विरुद्धको खोप अब सबै नागरिकले लगाउन पाउने र कोरनाको दुई डोज खोप लगाएकालाई पनि तेस्रो खोप लगाइने उनले बताए ।
तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहराले साङला स्वास्थ्य चौकिलाई अब १५ बेडको हस्पिटल बनाउन लागिरहेको र स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताएका छन् ।
कार्यक्रममा अतिथिहरु तारकेश्ररका प्रमुख प्रशासकिय अधिकृत शिव लम्साल , स्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाह, तारकेश्वर वडा नं. १ का वडा अध्यक्ष विदुर सापकोटा वडा नं. २ का अध्यक्ष रविन्द्र केसि , कलाकार सिते बा , पाण्डे सामाजिक अभियानता ज्ञानेन्द्र शाही ,सञ्चारकर्मिहरु लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापति बुलन्द आवाजका अभियानता राजन नेपालले गरेका थिए।