नेपाल अफ्थाल्मिक सोसाइटीको वार्षिक साधारणसभा सम्पन्न, डा. शाह र डा. श्रेष्ठ सम्मानित



Download our app to get more features

काठमाडौं, १९ मंसिर । नेपाल अफ्थाल्मिक सोसाइटीको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने नेत्ररोग विशेषज्ञहरूको साझा संगठनको रुपमा रहेको सोसाइटीको वार्षिक साधारणसभा र ल्इक्ऋइल् सम्मेलन शनिवार सम्पन्न भएको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा. गुणराज लोहनी र आँखा बा डा. रामप्रसाद पोखरेलले सम्मेलनको संयुक्त रुपमा उद्घाटन गरेका थिए । 

उद्घाटनको क्रममा बोल्दै डा. लोहनीले आँखा स्वास्थ्य सरकारको प्राथमिकता प्राप्त क्षेत्र रहेको र सम्मेलन सफलको कामना गरे । 

सोसाइटीका अध्यक्ष डा. रोहित सैजुले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रममा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले सम्मेलनको सफलताको कामनासँगै नयाँ पुस्ताले यो क्षेत्रलाई अझ नयाँ उचाइमा लाने विश्वास व्यक्त गरे । 

नेत्र चिकित्सामा विशिष्ट योगदान दिने विशष्ट नेत्र विशषज्ञ डा. देवनारायण शाह तथा डा. जीवन श्रेष्ठलाई सम्मेलनमा सम्मान गरिएको थियो । 

“सँगसँगै भोलिका लागि” नारा सहित आयोजना गरिएको सम्मेलनमा नेपाल र विदेशका गरि करिब २ सय ५० भन्दा बढी नेत्र चिकित्सकहरूको सहभागीता रहेको थियो । 

सोसाइटीले हरेक वर्ष आँखा स्वास्थ्यका विभिन्न विषयहरूमा आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने जनशक्तिहरूको क्षमता अविभृद्धी, ज्ञान तथा सिप सम्बन्धि कार्यशाला, सभा, सम्मेलनहरू आयोजना गर्दै आएको छ । 

Last modified on 2021-12-05 06:44:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts