देशभर थप ५ जनाको कोरोनाका कारण मृत्यु, निको हुने दर बढ्दै
काठमाडौं, १८ मंसिर । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ९ लाख १७ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ९ लाख १७ हजार ९ सय ७९ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ६ हजार ७ सय ९७ कोरोना परीक्षण गरिएको छ । जसमा ५ हजार २ सय ९५ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा २ सय २० र १ हजार ५ सय २ एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै हालसम्म आरटी पिसिआर विधिबाट ८ लाख २२ हजार ३ सय ९२ र एन्टीजेन विधिबाट ९५ हजार ५ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ३ सय ९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४ हजार १ सय ८ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर थप ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४० पुगेको छ ।
हाल देशभर कोरोनाका कारण सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ४४ रहेको छ ।