एमबीबीएसमा अध्ययनरत विद्यार्थीलाई सम्बन्धित विश्वविद्यालयमै अध्ययनलाई निरन्तरता दिन सरकारले पहल थाल्ने



Download our app to get more features

काठमाडौं, १८ मंसिर । सरकारले एमबीबीएसमा अध्ययनरत विद्यार्थीलाई सम्बन्धित विश्वविद्यालयमै फर्केर अध्ययनलाई निरन्तरता दिनका लागि उच्चस्तरीय कूटनितिक पहल गर्ने भएको छ । 

शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतमा बसेको बैठकले प्रभावित विद्यार्थीहरुको निवेदन र गठित कार्यदलको प्रतिवेदन समेतका आधारमा निकासका लागि उच्चस्तरीय कूटनीटिक पहल गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका सहसचिव एवं प्राविधिक शिक्षा शाखाका प्रमुख डा. हरिप्रसाद लम्सालले विदेशका विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबीबीएस कार्यक्रममा अध्ययनरतमध्ये कोरोना महामारीका कारण स्वदेश आएका नेपाली विद्यार्थीलाई सम्बन्धित मुलुकका विश्वविद्यालयमै फर्काएर अध्ययन निरन्तरता दिलाउनका लागि सरकाले उच्चस्तरीय तहबाटै पहल गर्ने बताए ।

Last modified on 2021-12-05 06:11:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts