२६ विद्यार्थी र दुई शिक्षक संक्रमित भएपछि विद्यालय नै बन्द



Download our app to get more features

बागलुङ, १८ मंसिर । बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१३ बलेवामा रहेको त्रिभुवन माध्यमिक विद्यालयका २८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।

सङ्क्रमण भएको हुन सक्ने शंकाको आधारमा विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षक गरी ८२ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा २६ जना विद्यार्थी र दुई जना शिक्षकमा सङ्क्रमणको पुष्टि भएको हो।

नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालका अनुसार सुरुमा दुई जना शिक्षक र एक जना विद्यार्थीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि थप विद्यार्थीको पिसिआर परीक्षण गर्दा अरू २५ जनामा पनि सङ्क्रमणको पुष्टि भएको हो।  सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

बलेवा क्षेत्रमा बागलुङ नगरपालिकाको १२, १३ र १४ नम्बर वडा पर्छन्। विद्यालयका भिडभाड हुने भएकाले विद्यार्थीको माध्यमबाट समुदायमा सङ्क्रमण बढेको हुन सक्ने आधारमा समुदायमा गरिएको पिसिआर परीक्षणबाट थप तीन जनामा सङ्क्रमणको पुष्टि भएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts