दैलेखमा निःशुल्क स्वास्थ्य शिविर
दैलेख, १८ मंसिर । दैलेखको नारायण नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नगरपालिकाले स्वास्थ्य सेवा कार्यालय दैलेखमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
नारायण नगरपालिकाको आयोजना, गेश्चर अफ काइन्डनेसको सहकार्य र एनएमबी बैंक दैलेख शाखाको सहयोगमा स्थानीय बासीलाई लक्षित गरी दुईदिने शिविर संचालन रिएको हो ।
नेपालगंजका वरिष्ठ विशेषज्ञ चिकित्सकहरू उपस्थिति रहेको शिविरमा आजसम्म सञ्चालन हुनेछ । शिविरमा आवश्यक औषधी समेत निःशुल्क वितरण गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखाका सह–स्वास्थ्य संयोजक लाल बहादुर खड्काले बताए ।
शिविरमा छाती, मुटु, पेट, कलेजो, सुगर, प्रेसर, मिर्गौला तथा पिसाब, दम, मिर्गी, मानसिक तथा यौन, आँखा, दाँत, नाक, कान घाँटी, महिला तथा प्रसुती, छाला, प्लास्टिक सर्जरी र बालरोग लगायतका विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गरिएको छ । स्वास्थ्य शिविरबाट पुरुष महिला बालबालिका गरी एक हजार १ सय ५२ जना लाभान्वित भएका छन् ।