हकङकसहित ९ मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक, एकजना नागरिकमा ओमिक्रोनको आंशका



Download our app to get more features

काठमाडौं, १६ मंसिर । सरकारले दक्षिण अफ्रिकासहित विश्वका ९ मुलुकबाट आउने नागरिकलाई नेपालमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

एक मन्त्रीका अनुसार उनीहरुलाई भोलि राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय भएको हो । हाल ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले भने अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ ।

ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो ।

नेपालमा बुधवार मात्रै एक जना विदेशी नागरिकलाई कोरोनाको ओमिक्रोन भेरिएन्टको आंशकामा निगरानीमा राखिएको छ ।

विदेशबाट आएका एक जना व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन हुन सक्ने आशंकामा आइसोलेसनमा राखिएको र स्वाब परीक्षणका साथै जिन सिक्वेन्सिंगका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले बताएका छन् ।

उनले नेपालमा कोरोनाको ओमिक्रोनको जोखिमलाई ध्यानमा राखेर कडाई गरिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरे ।

Last modified on 2021-12-03 11:26:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts