कोभिड-१९ यूनिफाइड केन्द्रिय अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनेको भिड
काठमाडौं, १६ मंसिर । कोभिड-१९ यूनिफाइड केन्द्रिय अस्पताल (विर अस्पताल) मा कोरोनाविरुद्धको खोप लगाउनेको भिड देखिएको छ । अस्पतालमा बिहीबार बिहानैदेखि खोप लगाउनेको भिड देखिएको हो ।
अस्पतालमा बिहान ११ बजेदेखि खोप लगाइने भएपनि खोप कार्यक्रम सुरु हुनुभन्दा अघि देखि नै सर्वसाधरणहरुको भिड लागेको छ ।
सरकारले अहिले १८ वर्षभन्दा माथिका सबै नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउनका लागि आग्रह गरिरहेको छ भने विभिन्न स्थानहरुमा खोप लगाउने व्यवस्था गरिरहेको छ ।
आगामी पुस मसान्तभित्र नेपालको खोप लक्षित समूहमध्ये दुई तिहाइलाई खोप लगाइसक्ने सरकारको लक्ष्य रहेको छ ।
त्यस्तै आगामी वैशाख मसान्तभित्र सबै लक्षित समूहलाई खोप उपलब्ध गराइसक्ने बताइएको छ । त्यसै अनुसार मन्त्रालयले आफ्ना मातहतका निकायहरूलाई खोप अभियान तीव्र पार्न निर्देशन दिएको थियो ।