कोभ्याक्समार्फत बुधबार ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप नेपाल आउँदै
काठमाडौं,१५ मंसिर । बुधबार कोभ्याक्समार्फत ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप नेपाल आउँदै छ ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाका अनुसार बुधबार दिउसोसम्म उक्त खोप नेपाल आइपुग्ने छ ।
कोभ्याक्स मार्फत प्राप्त हुने ६० लाख डोजमध्ये सोमबार ७ लाख २५ हजार खोप आइसकेको छ।