७ लाख मात्रा कोभिसिल्ड खोप आइपुग्यो, बुधबार ९ लाख आउँदै



Download our app to get more features

काठमाडौं, १४ मंसिर ।  कोभ्यास सुविधामार्फत कोरोना विरुद्धको ७ लाख २५ हजार ५ सय मात्रा कोभिसिल्ड खोप आइपुगेको छ।

कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त गर्ने ६० लाख मात्रा खोपमध्ये पहिलो खेप सोमबार बेलुकी ७ लाख २५ हजार ५ सय मात्रा कोभिसिल्ड आइपुगेको हो। 

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका बडेबाबु थापाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत आउने भनेको ६० लाखमध्येको पहिलो खेप आएको बताए।

र भोलि (बुधबार) दोस्रो खेपमा ९ लाख ७२ हजार मात्रा आउने र अर्को साता ६ लाख मात्रा आउने जानकारी पनि उनले दिए।

नेपालमा कोभिडविरुद्धको खोपको सुरुवात कोभिसिल्डबाटै भएको थियो।

सिरम इन्स्टिच्युट अफ इन्डियाको उत्पादनमा यो खोप प्रभावकारी देखिएको छ।

Last modified on 2021-12-01 09:18:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts