एनएमसीको उपाध्यक्षमा डा.पौडेल विजयी, ८ जना सदस्यमा को-को भए निर्वाचित ?
काठमाडौं, १४ मंसिर । नेपाल मेडिकल काउन्सिलको एक जना उपाध्यक्षसहित ८ जना सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचनको मतपरिणाम अनुसार उपाध्यक्षमा डा. शिवजी पौडेल विजयी भएका छन् । डा. पौडेलले ५ हजार ७२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी डा. प्रमोदकुमार यादवले २ हजार ४ सय ३७ मत प्राप्त गरेका छन् । यस्तै अर्का प्रतिस्पर्धी डा. रामपरिक्षण यादवले ७ सय ६२ मत प्राप्त गरेका छन् ।
सदस्यहरुमा सबैभन्दा बढी मत ल्याएर डा. हुलास अग्रवाल विजयी भएका छन् । उनले ४ हजार ४ सय ५९ मत प्राप्त गरेका छन् । यस्तै डा. तोसिमा कार्की, डा. कालुसिंह खत्री, डा.गुरुशरण साह, डा. कुन्जन शेर्पा, डा. रुपक घिमिरे, डा. विश्वराज दवाडी र डा. रोहित कुमार मिश्र सदस्यमा विजयी भएका छन् ।
काठमाडौं उपत्याकाबाहिर ३ र ४ गते उपत्यकाभित्र र धुलिखेलमा १० र ११ गते मतदान भएको थियो । निर्वाचनमा ९ हजार ३ सय १८ मत खसेको थियो ।