देशभर ९ हजार बढी कोरोना परीक्षण गर्दा २ सय ५९ संक्रमित थपिए
काठमाडौं,१३ मंसिर । नेपालमा कोरोना भाइरसका कारण थप १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय २४ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ९ हजार ८ सय ८८ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार २ सय ३१ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ४३ जना र २ हजार ६ सय ५७ एन्टीजेन परीक्षण गर्दा १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख २१ हजार १ सय २१ र एन्टीजेन विधिबाट ९५ हजार ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ सय ६४ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख २ हजार ६ सय ५३ पुगेको छ ।
त्यसैगरी गत २४ घन्टामा देशभर १ लाख ४४ हजार ५ सय ३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।