बागमति प्रदेश लोकसेवा आयोगले खुलायो स्वास्थ्य सेवा तर्फ पाँचौँ तहमा ५० जना कर्मचारीको विज्ञापन



Download our app to get more features

काठमाडौं, १३ मंसिर । बागमति प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवा तर्फ पाँचौँ तहका लागि ५० जना कर्मचारीका लागि विज्ञापन खुलाएको छ ।

आयोगले आज सूचना जारी गर्दै हेल्थ असिस्टेन्ट पदमा आन्तरिक तर्फ १२ र खुला तर्फ ३२ गरी ४४ कर्मचारी माग गरेको हो ।

त्यसैगरी, पब्लिक हेल्थ नर्स, कविराज, स्टाफ नर्स, ल्याव टेक्निसियन, फार्मेसी सहायक र रेडियोग्राफर पदकाका लागि एक, एक जना कर्मचारी माग गरेको छ ।

उक्त विज्ञापनसम्बन्धी विस्तृत जानकारी बागमति प्रदेशको वेवसाइट ppsc.bagmati.gov.np मा हेर्न सकिने पनि आयोगले जनाएको छ ।

Last modified on 2021-11-29 16:31:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts