टेकु अस्पतालको निर्देशक डा.बाँस्तोलाको सरुवा



Download our app to get more features

काठमाडौं,१२ मंसिर । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकाको निर्देशक डा.अनुप बाँस्तोलालाई सरुवा भएको छ ।

स्वास्थ्य मन्त्रालयको स्रोतका अनुसार मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार उनको सरुवा गरिएको हो भने सोमबार नियुक्तीपत्र दिने तयारी भइरहेको छ ।

डा.बाँस्तोलालाई सार्क क्षयरोग केन्द्रमा पठाइएको छ । टेकु अस्पतालको निर्देशकमा डा.मनिषा रावललाई जिम्मेवारी दिइएको छ ।

कोरोना महामारीमा फन्टलाइनरमा उत्रिएर राम्रो काम गरेका डा.बाँस्तोलालाई हटाउने निर्णयले मन्त्रीको चौत्तर्फी विरोध भइरहेको छ ।

डा.बाँस्तोला कोभिडको पहिलो लहरदेखिनै संक्रमितको उपचारमा सक्रिय छन् ।

Last modified on 2021-11-29 12:43:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts