कोरोना संक्रमण भएपछि नेकपा एमालेका नेता भीम आचार्य अस्पताल भर्ना



Download our app to get more features

काठमाडौं, १२ मंसिर। कोरोना संक्रमित नेकपा एमालेका नेता भीम आचार्यलाई अस्पताल भर्ना गरिएको छ ।

एमालेको १० औं महाधिवेशनस्थलमा रहेका नेता आचार्यलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको हो ।

केही दिनअघि कोरोना पुष्टी भएपछि आचार्य सौराहास्थित सेभन स्टार होटलमा आइसोलेसनमा बसिरहेका थिए ।

उनको स्वास्थ्य अवस्था बिग्रिएपछि भरतपुर अस्पतालमा भर्ना गरिएका हो ।

Last modified on 2021-11-29 12:42:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts