देशभर १० हजार बढी कोरोना परीक्षण गर्दा २ सय ७० संक्रमित थपिए



Download our app to get more features

काठमाडौं,१० मंसिर । नेपालमा कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय १८ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा १० हजार ४ सय ४६ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार ८ सय २९ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ४२ जना र २ हजार ६ सय १७ एन्टीजेन परीक्षण गर्दा २७८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख २० हजार ५ सय २७  र एन्टीजेन विधिबाट ९५ हजार ४ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ३ सय २ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १ हजार ७ सय २२ पुगेको छ । 

त्यसैगरी गत २४ घन्टामा देशभर १ लाख ९६ हजार ८ सय ५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Last modified on 2021-11-27 07:30:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts