स्वास्थ्यमन्त्रीको विज्ञ सल्लाहकारमा डा. ढकाल

काठमाडौं, १० मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको विज्ञ सल्लाहकारमा डा. रमेश ढकाल नियुक्त भएका छन्।
उनलाई मन्त्री खतिवडाले मंगलबार विज्ञ सल्लाहकारमा नियुक्त गरेका हुन्।
डा. ढकाल राष्ट्रिय चिकित्सक संघ नेपालका महासचिव हुन् । उनी शंकरापुर अस्पतालमा मेडिकल डाइरेक्टर समेत रहेका छन् ।