बैंककमा उपचाररत वर्षमान पुनलाई चीनको सेन्जेन लगियो
काठमाडौं,१० मंसिर । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि बैंककबाट चीन लगिएको छ।
जटिल प्रकृतिको जण्डिसका कारण विगत डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि चीन लगिएको हो ।
पुनको उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगिएको उनको सचिवालयले जनाएको छ ।
नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेन्जेन उडेका छन् । उनीहरु शुक्रबार मध्याह्न अस्पताल पुगेर उपचार सुरु हुने बताइएको छ ।
Last modified on 2021-11-26 12:09:49