एकैदिन १ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप,थप ३ जनाको मृत्यु
काठमाडौं,९ मंसिर । नेपालमा कोरोना भाइरसका कारण थप ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय १६ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर ३ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ८ हजार ९ सय ९ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार १ सय ४ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ८१ जना र १ हजार ८ सय ५ एन्टीजेन परीक्षण गर्दा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख २० हजार २ सय ८५ र एन्टीजेन विधिबाट ९५ हजार ४ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ सय ९८ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १ हजार ४ सय २० पुगेको छ ।
त्यसैगरी गत २४ घन्टामा देशभर १ लाख ७७ हजार ८ सय ८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।