यातायात कार्यालय धनगढीले माग्यो एमबीबीएस डाक्टर
धनगढी, ८ मंसिर । यातायात व्यवस्था कार्यालय धनगढीले सेवाग्राहीको स्वास्थ्य चेकजाँच गरी निरोगिताको प्रमाणपत्र प्रदान गर्ने उदेश्यले एक जना एमबीबीएस डाक्टरका लागि सूचना प्रकाशित गरेको छ ।
बुधबार प्रकाशित सूचना अनुसार इच्छुक व्यक्ति, फर्म तथा अस्पतालले १० दिनभित्र आवश्यक कागजात र प्रमाणपत्रसहित निवेदन दर्ता गराउन सक्नेछन् ।
छनोट भएका डाक्टरले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि निरोगिताको प्रमाणपत्र न्यूतम शुल्कमा बनाउनुपर्ने सूचनामा उल्लेख छ ।
Last modified on 2021-11-24 19:15:56