मधुमेह भएकालाई आँखाको समस्या हुने २ गुणा र अन्धोपन हुने २५ गुणा बढी सम्भावना
काठमाडौं, ८ मंसिर । मधुमेह भएकालाई आँखाको समस्या दुई गुणा बढी हुने गरेको छ भने अन्धोपन हुने सम्भावना २५ गुणा बढी हुने गरेको पाएको छ ।
आज तिलगंगा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवसको अवसरमा गरेको साताब्यापी कार्यक्रममा भएको मधुमेहले आँखामा पार्ने असर सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराएको हो ।
मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिव सबै र दोस्रो प्रकारको मधुमेहमा करिव २ तिहाई बिरामीको आँखाको पर्दा अर्थात रेटिनामा असर परिरहेको हुन्छ ।
हरेक तीन मध्य एकजना मधुमेहका बिरामीमा आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको दृष्टिमा क्षति ब्यहोर्नु परेको छ ।
विश्वमा कुल अन्धोपन मध्ये ४ दशमलब ८ प्रतिशत अन्धोपन डायवेटिक रेटिनोपेथीको कारणले हुने गरेको र आँखामा मधुमेहले पार्ने असरबारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाईन्छ ।