नागरिक लगानी कोषद्वारा एक करोड ६८ लाख कोभिड मृत्यु भुक्तानी



Download our app to get more features

काठमाडौं, ८ मंसिर । नागरिक लगानी कोषले कोरोना भाइरस, कोभिड १९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई विभिन्‍न समयमा गरी एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ।

कोभिड–१९ को सुरुवातदेखि नै कोभिडबाट मृत्यु हुनेहरूका आश्रित परिवारलाई  राहत पुर्‍याउने उद्देश्यले लगानी कोषमा दर्ता भएका मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैयाँ उपलब्ध गराउने कोषले निर्णय गरेको थियो।

सोही क्रममा कोषले ०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेहरूलाई उक्त रकम उपलब्ध गराउँदै आइरहेको छ। कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाहरुका ८४ जना सहभागीका कानुनअनुसारका हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो।

उक्त शाखाका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारूको श्रीमती पार्वती थारूलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरे। 

चेक प्राप्त गरेपछि थारुले कोषबाट प्राप्त उक्त रकमले आफूलाई राहत पुगेको बताइन्।

Last modified on 2021-11-24 15:27:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts