कपिलवस्तुमा हैजाविरुद्वको खोप अभियान सुरु



Download our app to get more features

कपिलवस्तु, ८ मंसिर । केही महिना अगाडि कपिलवस्तुका विभिन्न स्थानमा हैजा फैलिएपछि उक्त रोगको रोकथामका लागि हैजाविरुद्धको खोप अभियान आइतबारबाट  सुरु गरिएको छ । 

स्वास्थ्य कार्यालय कपिलवस्तुद्वारा यशोधरा गाउँपालिकाको आधारभूत अस्पताल बैदौलीमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री ईन्द्रजित चौधरीले खोप कार्यक्रमको उद्घाटन गरेका थिए ।   

सो अवसरमा यशोधरा गाउँपालिकाका अध्यक्ष गिरीजेश कुमार पाण्डेयलाई हैजाविरुद्धको खोप दिएर शुभारम्भ गरेका थिए । 

यशोधरा गाउँपालिकामा मंसिर १० गतेसम्म खोप अभियान सचालन हुनेछ । कपिलवस्तुमा फैलिएको हैजालाई नियन्त्रण गर्न जिल्लामा वृहत् अभियान संचालन गरिने भएको छ । 

जिल्लाका हैजा प्रभावित ५ पालिकामा हैजाविरुद्धको ओरल कलोरा भ्याक्सिन दिइने भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख हेमराज पाण्डेयले हैजाबाट सुरक्षित हुन र संभावित मृत्युलाई रोक्न जिल्लाको यशोधरा गाउँपालिकाबाट भ्याक्सिन लागउने कार्यको थालनी गरिएको बताएका थिए । यशोधरा गाउँपालिका लाई ३७ हजार ७८३ जनालाई खोप लागइने छ । 

गाउँपालिका अध्यक्ष पाण्डेयले आफनो पालिकामा हैजा फैलिएरकोमा दुःख ब्यक्त गर्दै खोप अभियानलाई सफल बनाउने बताएका थिए  । अन्य ४ पालिकाहरु कृष्णगनर, महाराजगंज, शिवजराज नगरपालिका र बिजयनगर गाउँपालिकामा  मंसिर ७ देखि १२ गतेसम्म खोप अभियान संचालन हुनेछ ।  

जिल्लाका ५ पालिकामा खोप लागउनका लागि २ लाख ५२ हजार ३६३ कलोरा खोप आएको स्वास्थय कार्यालकया प्रमुख हेमराज पाण्डेयले बताएका थिए ।  कृष्णनगर नगरपालिकाकालाई ६० हजार ७४३, महारागंज नगरपालिकालाई ५३ हजार १५६, शिवराज नगरपालिकालाई ६४ हजार ७४८, विजयनगर गाउँपालिकालाई ३५  हजार ९०३ खोप दिइने छ । 

खोप विश्व स्वास्थ्य संगठन  हुँदै संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ) मार्फत् नेपाल आएको हो । ओरल कोलेरा भ्याक्सिन मुखबाट थोपा राखेर दिइन्छ । सोनाफी हेल्थकेयर प्रालि भारतबाट उत्पादित सो खोप प्रति ब्यक्ति ढेड एम एलका दरले दिइने गरिन्छ । 

१४ औं र २८ औं दिनमा गरी खोप २ पटक दिनुपर्छ । अभियानमा १ सय ६८ खोपकर्ता, ३ सय ४८ स्वयमसेवक र ५ सय ३५ महिला स्वयमेविका परिचलन हुनेछन् । कृष्णनगर र विजयनगरका ९ जनाको दिशामा हैजाको जिवाणु फेला परेको थियो ।  यशोधराका एक जनामा पनि हैंजाको जिवाणु फेला परेको थियो । 

सरसरफाईको अवस्था कमजोर हुँदा कृष्णनगर नगरपालिकाबाट  सुरु भएको झाडापखालाले कृष्णनगरका ४, शिवराज नगरपालिकाका एक र यशोधरा गाउपालिकाका एक गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । खोप अभियान सफल पार्न स्वास्थ्य कार्यालय, युनिसेफ र विभिन्न संस्थाहरु मिलेर समुदायमा परिचालन भएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts