स्वास्थ्य मन्त्री खतिवडाको निर्देशनपछि एसाइटिसबाट पीडित सार्कीको उपचार सुरु
काठमाडौं, ८ मंसिर । स्वास्थ्य मन्त्री विरोध खतिवडाले निर्देशन दिएपछि १३ वर्ष देखि एसाइटिस (पेटमा पानी जमेको) रोगबाट पिडित श्यामलाल सार्कीको उपचार सुरु भएको छ ।
सार्की एसाइटिसबाट १३ वर्ष देखि पीडित थिए । स्वास्थ्य मन्त्री खतिवडाको निर्देशनपछि उनको उपचार वीर अस्पतालमा सुरु भएको हो ।
अर्घाखाँची नगरपालिका ९ नौलापानीका श्यामलालको आर्थिक समास्याका कारण उपचार हुन नसकेको कुरा सामाजिक सञ्चाल र विभिन्न सञ्चारमाध्यममा आएको थियो । यो कुरा स्वास्थ्य मन्त्रालयमा पुगेपछि मन्त्री खतिवडाको निर्देशनमा उनको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिएका छन् ।
हिँडडुल समेत गर्न नसक्ने श्यामलालको अहिले वीर अस्पतालको मेल मेडिकल वार्ड अन्तर्गत बेड नं १२३ मा उपचार भैरहेको छ ।
उनको उपचारमा संलग्न डाक्टरका अनुसार अहिलेसम्म अल्ट्रासाउन्ड, इन्डोस्कोपी लगायतका परिक्षणहरु भैसकेको छन् भने कलेजोमा समस्या देखिएको र पेटको पानी निकाल्ने काम पनि हरेकदिन भैरहेको छ ।
सो पानी समेत परिक्षणका लागि दिइएको र रिपोर्ट बिहीबारमात्र आउने अस्पतालले जनाएको छ ।