स्वास्थ्य शिविरमा एक सय ५१ जनाको आँखा जाँच



Download our app to get more features

भक्तपुर, ८ मंसिर । लायन्स आँंखा तथा मधुमेह सेवा केन्द्रले  मध्यपुर थिमिमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । भक्तपुर लायन्स सेवा समन्वय समितिद्वारा सञ्चालित शिविर लायन्स आँंखा तथा मधुमेह सेवा केन्द्र लायन्स गल्ली भुँंलाचा भक्तपुरको आयोजनामा मध्यपुर थिमि दुईपोखरीमा सम्पन्न भएको हो ।

शिविरमा  एक सय ५१ जनाको आँखा जाँच गरिएको छ ।  आँखा जाँचका क्रममा १५ जनाको मोतियाविन्दु भएको देखिएको छ । 

शिविरबाट एक सय २१ जनाले नाक, कान र घाँटीको जाँच गराएका छन् । त्यसमध्ये १२ जनाको अप्रेशन गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । जाँच गरिएका सम्पूर्ण बिरामीलाई बीपी नेत्र प्रतिष्ठानमा रिफर गरिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts