देशभर १० हजार बढी कोरोना परीक्षण गर्दा ३ सय ५१ संक्रमित थपिए
काठमाडौं,७ मंसिर । नेपालमा कोरोना भाइरसका कारण थप ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा १० हजार १ सय ७४ कोरोना परीक्षण गरिएको छ । जसमा ८ हजार ७ सय २९ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ३ सय १३ जना र १ हजार ४ सय ४५ एन्टीजेन परीक्षण गर्दा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख १९ हजार ६ सय ९९ र एन्टीजेन विधिबाट ९५ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ सय ७३ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ८ सय ९० पुगेको छ ।
त्यसैगरी गत २४ घन्टामा देशभर ९८ हजार ५ सय ११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।