कपिलवस्तुमा 'महामारी र भ्याक्सिन' कार्यशाला सम्पन्न



Download our app to get more features

काठमाडौं, ७ मंसिर ।  कपिलवस्तुमा 'महामारी र भ्याक्सिन' कार्यशाला सम्पन्न भएको छ ।


जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का नेपाल प्रमुख राजेश सम्भाजि राव पाण्डव, विश्व स्वास्थ्य संगठन नेपालस्थित सूचना तथा समन्वय शाखा प्रमुख सुदन ज्ञवाली, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरु, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डे लगायतको उपस्थितिमा कपिलवस्तुमा 'महामारी र भ्याक्सिन' कार्यशाला सम्पन्न भएको हो । 

उक्त बैठकमा उपस्थित प्रतिनिधिहरुले कोरोनासँगै कपिलवस्तु जिल्लामा हैजाको प्रकोप कायमै रहेको र त्यसको नियन्त्रण तथा रोकथामका लागि डब्लुएचओले विकास गरेको खान मिल्ने हैजाविरुद्धको भ्याक्सिन कपिलवस्तुका जनतालाई आवश्यक भएकाले त्यसका लागि आवश्यक समन्वय गर्न जिल्ला प्रहरी कार्यालय परिवारलाई अनुरोध समेत गरेका थिए। 

No description available.

त्यस्तै कपिलवस्तुका जनतालाई भ्याक्सिनको दायरामा ल्याई स्वास्थ्य सुविधा लिनको लागि सहजिकरण समेत गराइदिन राज्यको प्रतिनिधिको रुपमा प्रत्येक प्रहरीले भूमिका निर्वाह गर्नुपर्नेमा डब्लुएचओका नेपाल प्रमुख राजेश सम्भाजि राव पाण्डेयले जोड दिए । 

 

नागरिकको स्वास्थ्य सुरक्षा पनि प्रहरीको दैनिक कार्यको क्षेत्र हुने भएकाले कपिलवस्तुमा कार्यरत प्रत्येक प्रहरीले आफू र आफ्नो क्षेत्रभित्र रहेका नागरिकलाई भ्याक्सिनको लागि सचेत गराउने प्रतिवद्धता गर्नुपर्ने प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताए ।

Last modified on 2021-11-23 20:11:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts