स्वास्थ्य सेवातर्फ ११ औं तहका १७ जनाको लिखित परीक्षा रद्द गर्ने लोक सेवा आयोगको निर्णय
को-को छन् सूचीमा ?

काठमाडौं, ६ मङ्सिर । लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ ११ औं तहका विभिन्न समूह तथा उपसमूह पदका उम्मेदहरूलाई अन्तर्वार्ता सूचीबाट हटाउने निर्णय गरेको छ ।
आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका स्वास्थ्य सेवातर्फ ११ औं तहका १७ जना कर्मचारीको लिखित परीक्षा रद्द गर्दै अन्तर्वार्ता सूचीबाट हटाउने निर्णय गरेको हो ।
आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले उम्मेदवारहरूको नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ तथा नेपाल स्वास्थ्य सेवा नियमावली, २०५६ बमोजिम उक्त पदहरूमा सम्भाव्य उम्मेदवार हुन तोकिएको न्यूनतम योग्यता नपुगेकाले परीक्षा र दरखास्त फारम रद्द गर्ने निर्णय भएको बताए ।
सूचीबाट नाम हटाइएकाहरू को–को छन् ?
Last modified on 2021-11-23 09:38:12