गर्भावस्थाको पहिलो त्रैमासिक पछि नै सबै गर्भवतिलाई खोप दिने व्यवस्था गर्न सरकारको निर्देशन



Download our app to get more features

काठमाडौं, ६ मङ्सिर । सरकारले गर्भवति महिलाहरूलाई पहिलो त्रैमासिक पछि नै कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेको छ । 

कोरोनाविरुद्धको खोप प्रदान गर्न अभियान सञ्चालन गर्ने सम्बन्धमा सूचना जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि कोरोना महामारीको उच्च जोखिममा रहेका गर्भवतिलाई मात्रै खोप दिइएकोमा अब गर्भावस्थाको पहिलो त्रैमासिक पछि नै सबै गर्भवतिलाई खोप दिने व्यवस्था गर्न भनेको छ । 

यस्तै मन्त्रालयले कोरोनाविरुद्धको खोप अभियान थप चुस्त बनाउनका लागि पनि निर्देशन दिएको छ । 

मन्त्रालयबाट अनुदान तथा खरिद प्रक्रियाबाट खोपको आपूर्ति निरन्तर रुपमा भइरहेको हुँदा हाल उपलब्ध भेरोसेल खोप १८ वर्ष र सोभन्दा माथिका सबै उमेर समूहलाई खोप दिन खोप अभियान सञ्चालनको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

मन्त्रालयको सूचनामा हाल प्रदेश, जिल्ला र स्थानीय तहमा उपलब्ध खोप प्राथमिकताका आधारमा लगाउन, पत्र साथ संलग्न विवरण अनुसारको खोप परिणाम पुनः १ महिना भित्रमा उपलब्ध हुने भएकोले सोहि अनुसार पहिलो र दोस्रो मात्रा उपलब्ध गराउन पनि उल्लेख गरिएको छ । 

Last modified on 2021-11-23 09:37:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts