देशभर २ सय ५८ जना स्वस्थ हुँदा ३ सय ८५ संक्रमित थपिए
काठमाडौं,६ मंसिर । नेपालमा कोरोना भाइरसका कारण थप ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा १२ हजार ६ सय ९७ कोरोना परीक्षण गरिएको छ । जसमा ९ हजार ९ सय २१ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ३ सय ३७ जना र २ हजार ७ सय ७६ एन्टीजेन परीक्षण गर्दा १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख १९ हजार ३ सय ८६ र एन्टीजेन विधिबाट ९५ हजार ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ सय ५८ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ६ सय १७ पुगेको छ ।
त्यसैगरी गत २४ घन्टामा देशभर ७१ हजार ४ सय ८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।