सरकारले अब १८ वर्षभन्दा माथिका सबैलाई कोरोना खोप लगाउने 



Download our app to get more features

काठमाडौं,६ मंसिर । सरकारले अब १८ वर्षभन्दा माथिका सबैलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ। यसअघि खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालेको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो ।

सरकारले आगामी पुस मसान्तभित्र दुई तिहाई र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ । २ करोड १७ लाखलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

अहिलेसम्म कूल जनसंख्याको  ३० प्रतिशत जनसंख्यालाई  पहिलो मात्रा र २६ प्रतिशत जनसंख्यालाई दोस्रो मात्राको खोप प्रदान गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, कलङ्कीको शहीद मेमोरियल अस्पताल, बल्खुमा बयोधा अस्पताल, गोगंबुस्थित नयाँ बसपार्कको लोत्से भवन र जडीबुडीस्थित जडीबुडी प्रशोधन केन्द्रमा नियमित खोप प्रदान गरिरहेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts