केमीड्रग इन्ड्रस्ट्रिजले उत्पादन गरेको एन्टीबायोटिक औषधि न्यून गुणस्तरको

काठमाडौं,६ मंसिर । नेपाली औषधि उत्पादक कम्पनी केमीड्रग इन्ड्रस्ट्रिज प्रालीले उत्पादन गरेको औषधि न्यून गुणस्तरको भेटिएको छ । इन्ड्रस्ट्रिजले उत्पादन गरेको एन्टीबायोटिक औषधि न्यून गुणस्तरको फेला परेको हो ।
औषधि व्यवस्था विभागले गरेको नमुना परीक्षणमा ब्याच नम्बर सिबिडी २४ को सेपोब्याक्टी ड्राइ सिरप नामको सेफ्पोडोक्साइम प्रोक्सेटिल औषधि न्यून गुणस्तरको फेला परेको हो ।
विभागले एक सूचना जारी गर्दै ती औषधि बिक्री नगर्न र बजारबाट फिर्ता ल्याउन कम्पनीलाई भनेको छ ।