ललितपुर महानगरमा दैनिक कोरोनाविरुद्धको खोप दिइने
काठमाडौं,६ मंसिर । ललितपुर महानगरपालिकाले कोरोना विरुद्धको कोभिशिल्ड र भेरोसिल खोप दैनिक लगाउने भएको छ ।
महानगरपालिकाले शनिबारबाहेक बाँकी सबै दिन कोरोनाविरुद्धको खोप लगाउन लागेको हो ।
आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि ३ बजेसम्म महानगरपालिकको जनस्वास्थ्य शाखा छाबहालमा खोप लगाउने व्यवस्था गरिएको महानगरले जनाएको छ ।
ललितपुर महानगर लगातार कोरोना विरुद्धको खोप सञ्चालन गर्ने पहिलो स्थानीय तह हो ।
महानगरले यसअघि उमेर ,व्यक्तिको स्वास्थ्य अवस्था लगायतलाई प्राथमिकतामा राखेर खोप कार्यक्रम सञ्चालन गरेको थियो ।