देशभर ९ हजार बढी कोरोना परीक्षण गर्दा २ सय ३८ संक्रमित थपिए 



Download our app to get more features

काठमाडौं,५ मंसिर । नेपालमा कोरोना भाइरसका कारण थप १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४ सय ९६ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ९ हजार १ सय २३ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार ८ सय ४५ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय २३ जना र १ हजार २ सय ७८ एन्टीजेन परीक्षण गर्दा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख १९ हजार १९ र एन्टीजेन विधिबाट ९५ हजार ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ३ सय ७० जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ३ सय ५९ पुगेको छ । 

त्यसैगरी गत २४ घन्टामा देशभर ४० हजार १४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Last modified on 2021-11-22 08:56:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts