आजबाट १२ देखि १७ वर्ष उमेरका सबै बालबालिकालाई फाइजर खोप दिइने



Download our app to get more features

काठमाडौं,५ मंसिर । आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ । 

यसअघि १२ वर्ष माथिका दीर्घ रोगी बालबालिकालाई मात्रै दिइँदै आएको फाइजर खोप आजदेखि अन्य बालबालिकालाई नी लगाइन लागिएको हो । 

दीर्घ रोगीलाई खोप लगाएर खोप बचत भएपछि सरकारले स्वस्थ बालबालिकालाई पनि खोप लगाउने निर्णय गरेको हो । 

काठमाडौं र ललितपुर जिल्लाका स्वास्थ्य कार्यालयका अनुसार यो खोप अभियान तीन दिनसम्म चल्ने छ । तर खोपको संख्या कम रहेकाले पहिला आउनेले पहिलो प्राथमिकता पाउने कार्यालयले जनाएका छन् ।

ललितपुरमा पाटन अस्पतालमा खोप लगाइने छ भने काठमाडौंमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ। 

Last modified on 2021-11-21 16:31:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts