अत्तरियाको पद्मा अस्पतालमा आईसीयू सेवा सुरु



Download our app to get more features

धनगढी, ४ मंसिर । कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालले आईसीयू सेवा सुरु गरेको छ ।

१६ औं वार्षिकोत्सवको अवसरमा अस्पतालले आफ्नो ६ बेडको आईसीयू र २ बेडको एनआईसीयू सेवा सञ्चालनमा ल्याएको हो ।

आईसीयू सेवाको शुक्रबार एक कार्यक्रमकाबीच गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिंह उद्घाटन गरेका छन् । 

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले पद्मा अस्पतालले व्यवसायिक मात्रै नभएर सेवाको रुपमा यस क्षेत्रका जनतालाई सेवा दिइरहेको बताए ।

अस्पतालका अध्यक्ष गजेन्द्र वीर चन्दले अस्पतालले ग्रामिण क्षेत्रका जनतालाई स्थानीय स्तरमै सेवा दिनका लागि सञ्चालनमा ल्याएको अस्पतालले आफ्नो सेवा विस्तार गर्दै गएको बताए । साथै उनले अबको डेढ महिना भित्र अस्पतालमा सिटीस्क्यान सेवा पनि सञ्चालनको तयारी गरिरहेको पनि उल्लेख गरे ।

Last modified on 2021-11-20 07:28:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts