कोरोनाको नाममा विगतमा लुट र अनियमितता भएपनि अब हुन दिदैनौं : मन्त्री खतिवडा 



Download our app to get more features

काठमाडौं,३ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले विगतमा कोरोनाको  नाममा लुट र अनियमितता भएपनि अब हुन नदिने बताएका छन् । 

आज भक्तपुरको बोडेमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्वोधन गर्दै मन्त्री खतिवडाले आफ्नो पालामा अनियमिता हुन नदिने प्रतिवद्धता गरेका हुन् । 

उनले भेलाबाट प्राप्त सुझाव र निष्कर्षलाई गम्भिरता पुर्वक लिइ स्वास्थ्य क्षेत्र सुधारका लागि कदम चाल्ने बताए । 

त्यस्तै राज्यमन्त्री भवानीप्रसाद खापुङले आफुले राम्रो काम गर्न प्रयास गर्ने र राम्रो काम गर्न नसके पनि नराम्रो नगर्ने प्रतिवद्धता जनाए । 

भेलालाई  शनिवार पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।  

Last modified on 2021-11-21 07:30:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts