३ जनाको उम्मेदवारी परेको चितवनमा मेडिकल काउन्सिलको चुनावी रौनक (फोटोफिचर)
चितवन, ३ मंसिर । काठमाडौं उपत्यका बाहिरका चितवनसहित अन्य विभिन्न जिल्लामा आजदेखि नेपाल मेडिकल काउन्सिलको निर्वाचन शुरु भएको छ ।
उपत्यका बाहिरका १८ वटा मतदान केन्द्रमा शुक्रवार र शनिवार गरी दुइ दिनसम्म निर्वाचन चल्ने छ ।
चितवनबाट एक उपाध्यक्ष सहित ३ जनाको उमेदवारी परेको छ । जसमा उपाध्यक्ष पदका लागि डा.शिवजी पौडेल मैदानमा छन् ।
त्यस्तै, सदस्यमा डा. रोहित कुमार मिश्र र डा. गुरू शरण शाहको उमेदवारी परेको छ । काउन्सिलको एक उपाध्यक्ष लागि तीन र आठ सदस्यका लागि ३२ जना गरी अहिले ३५ जना चुनावी मैदानमा छन् । उपाध्यक्ष पदका लागि डा.शिवजी पौडेल, डा.रामपरिक्षण यादव र डा.प्रमोद कुमार यादवले उम्मेदवारी दिएका छन् ।
निर्वचन समितिका अनुसार उपत्यका भित्र भने मंसिर १० र ११ गते मतदान हुने छ ।
चितवनको भरतपुर अस्पतालको तालिम हलमा भएको निर्वाचनको मावल भने यस्तो देखियो (फोटोफिचर)
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।