एकैदिन १ लाख बढीले लगाए कोरोना खोप,थप ५ जनाको मृत्यु
काठमाडौं,३ मंसिर । नेपालमा कोरोना भाइरसका कारण थप ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४ सय ९४ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ८ हजार ९ सय ७२ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार ७ सय ७७ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ७१ जना र १ हजार १ सय ९५ एन्टीजेन परीक्षण गर्दा २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख १८ हजार ५ सय ७८ र एन्टीजेन विधिबाट ९५ हजार २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ३ सय ६९ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९९ हजार ५ सय ४५ पुगेको छ ।
त्यसैगरी गत २४ घन्टामा देशभर १ लाख ७३ हजार ४ सय ९८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।