बेलायतमा रोजगारीका लागि १० हजार नर्स पठाउने सरकारको तयारी



Download our app to get more features

काठमाडौं,३ मंसिर । सरकारले बेलायतमा रोजगारीका लागि १० हजार नर्स पठाउने तयारी गरेको छ।

आज बैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी गरिएको जानकारी दिए ।

उनले भने,"हामी कसरी श्रमिकमैत्री सम्झौता गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं। यसमा छिट्टै नै काम हुन्छ।"

बेलायतका लागि छानिने नर्सको मासिक तलब २ लाख ५० हजारभन्दा बढी हुने बताइएको छ। यसका साथै बेलायत नर्स पठाउँदा बिमा, आउँदा जाँदाको खर्च लगायतका सुविधा पनि हुनेछ।

दुई देशबीच सम्झौता भएमा सन् २०२२ को मध्यतिर बेलायतमा नर्सलाई पठाउन सकिने मन्त्रालयले जनाएको छ । 

Last modified on 2021-11-21 07:28:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts