मेडिकल काउन्सिलको निर्वाचन,यी केन्द्रहरुबाट हुँदैछ मतदान
काठमाडौं,३ मंसिर । आजबाट नेपाल मेडिकल काउन्सिलको निर्वाचन शुरु भएको छ। काउन्सिलको निर्वाचन आज र भोलि हुँदैछ ।
निर्वाचनमा एक उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जनाको उम्मेदवारी छ । उपाध्यक्षका लागि तीन र आठ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ।
आज कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगञ्ज, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी उपत्यका बाहिर ६ स्थानमा मतदान हुँदै छ।
यी मतदान केन्द्रमा भोलि शनिबार पनि मतदान हुनेछ। शनिबार यी ६ सहित थप १२ मतदान केन्द्रमा मतदान हुनेछ।
शनिबार मेची प्रादेशिक अस्पताल झापा, कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, लाहान अस्पताल, प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगञ्ज, हेटौंडा अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, पाल्पा अस्पताल तानसेन, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भीम अस्पताल भैरहवा, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सेती प्रादेशिक अस्पतालमा मतदान हुँदै्र छ ।
त्यस्तै काठमाडौं विश्वविद्यालय धुलिखेलमा १० गते मतदान हुनेछ भने नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र स्थानीय विकास प्रतिष्ठान जावलाखेल ललितपुरमा १० र ११ गते मतदान हुने छ ।