अपाङ्गता गराउने प्रमूख १० समस्यामध्ये ५ वटा मानसिक स्वास्थ्यसँग सम्बन्धित
काठमाडौं,३ मंसिर । नेपाल मात्रै नभई विश्वभर नै आत्महत्याको बढ्दो दरले सबैको ध्यान आफूतिर तानेको छ । बढ्दो मानसिक स्वास्थ्य सम्बन्धी समस्यालाई पनि आत्महत्या गराउने मुख्य कारकको रुपमा लिने गरिन्छ । आत्महत्या रोकथाम र यसको मुद्दा उठानको विषयमा सरकारले अन्तरक्रिया गरेको छ ।
स्वास्थ्य सेवा विभाग अन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आत्महत्या रोगथाममा आमसञ्चारको भूमिका विषयमा अन्तरक्रिया गरेको हो ।
अन्तरक्रियामा मानसिक रोग अस्पताल पाटनका वरिष्ठ कल्सटेन्ट साइक्याट्रिक्स डा।बासु कार्की र बी।पी। प्रतिष्ठान धरानका प्रोफेसर डा। मधुर बस्नेतले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यस्तै नेपालमा निर्माण हुन लागेको आत्महत्या रिपोर्टिङ्गगको सन्दर्भ निर्देशिकाको बारेमा छलफल भएको थियो । आत्महत्या रिपोर्टिङ्गग गर्दा कस्ता कुरामा ध्यान दिने, कस्ता शब्दहरुको प्रयोग गर्ने विषयमा छलफल भएको थियो ।
अन्र्तक्रियामा प्रमुख अतिथिको रुपमा गएका स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ्गले नेपालमा दैनिक रुपमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको बताए । त्यस्तै विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा।राजेश सम्भाजी राव पाण्डवले आत्महत्याको रिपोर्टिङ्गगबारे विश्व स्वास्थ्य संगठनले अधावधिक गरेको निर्देशिका नेपालीमा रुपान्तरण भएकोमा आफु खुशी भएको बताए ।
अन्तरक्रियामा मानसिक रोग र आत्महत्याको विषयमा विश्वको र नेपालको अवस्थाको बारेमा छलफल गरिएको थियो ।
विश्वमा कूल नसर्ने रोगहरुको समस्या मध्ये १८ प्रतिशत समस्या मानसिक रोग रहेको देखिएको छ । त्यस्तै अपाङ्गता गराउने प्रमूख १० समस्याहरुमध्ये ५ वटा मानसिक स्वास्थ्य समस्या रहेका छन् ।
विश्वभरमा लगभग २० प्रतिशत बालबालिका तथा किशोर किशोरीहरुमा भावनात्मक, व्यवहारिक तथा अन्य खालको मानसिक स्वास्थ्य समस्या रहेको छ । विश्वमा १५ देखि २९ वर्षका युवाहरुमा मृत्युको दोस्रो कारण आत्महत्या रहेको देखिन्छ ।
मुटु रोग दम वा मधुमेह भएका बिरामीलाई डिप्रेसनको सम्भावना २ देखि ३ गुणा बढी हुने गरेको छ । अधिकांस मानसिक समस्याहरुको सुरुवात २४ वर्ष भन्दा कम उमेरमा देखिने गरेको छ ।
त्यस्तै आत्महत्याको प्रयास गर्ने ९५ प्रतिशत व्यक्तिहरुमा मानसिक समस्या हुने गरेको पाइएको छ ।
झण्डै ९५ प्रतिशत व्यक्तिहरु जसले आत्महत्याको प्रयास वा आत्महत्या गदर्छन उनीहरुमा मानसिक समस्या रहेको र तीमध्ये ८० प्रतिशतमा उदासिनता, १० प्रतिशतमा साइकोसिस, ५ प्रतिशतमा डिमेन्सिया, डेलिरियम, र लागुपदार्थ सम्बन्धि समस्या रहेका छन ।